अन्तराष्ट्रिय

भारतमा कोरोना भाइरसका संक्रमित एकैदिन दुई लाख १७ हजार

0Shares

काठमाडौ,वैशाख ३: भारतमा कोरोना भाइरसका संक्रमित एकैदिन दुई लाख १७ हजार थपिएका छन् । यो एकै दिन थपिएको कुनै पनि राष्ट्रको सबैभन्दा बढी हो । कोरोनाको संक्रमण भारतमा कहाली लाग्दो स्थितिमा पुग्ने क्रममा बिहीबार ९अप्रिल १५, बैशाख २ गते० २ लाख १६ हजार ६४२ जना थपिएका हुन् ।
यसअघि बुधबार १ लाख ९९ हजार ३७६ थपिएका थिए । संक्रमण उच्च बिन्दूमा पुगिरहँदा १४ दिनदेखि विश्वकै सबैभन्दा धेरै संक्रमित भारतमा थपिएका छन् । मंगलबार १ लाख ८५ हजार १०४ संक्रमित थपिएका थिए । सोमबार १ लाख ६० हजार ६९४ जना संक्रमित थपिएका थिए । आइतबारको तुलनामा सोमबार करिब १० हजार संक्रमित कम पाइए पनि मंगलबार भने ह्वात्तै बढेका थिए । आइतबार एक लाख ६९ हजार ९१४ जना संक्रमित थपिएका थिए ।

0Shares