अन्तराष्ट्रिय

भारतमा कोरोना संक्रमणबाट ४५९ जनाको मृत्यु

0Shares

काठमाडौ,चैत १९: छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको असर बढिरहेको छ । बुधबार मात्रै भारतमा कोरोना संक्रमणबाट ४५९ जनाको मृत्यु भएको छ ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार देशभर ४५९ संक्रमितको मृत्यु भएको हो । यो मृत्यु संख्या नि २०२१ सुरु भएपछि कै धेरै हो । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या करिब १ लाख ६३ हजार पुगिसकेको छ ।
गत जनवरीमा भारतमा थपिने संक्रमितको संख्या दैनिक १० हजार भन्दा कम थियो । भारतमा २४ घण्टामा ७२ हजार भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।कुल संक्रमितको संख्या १ करोड २२ लाख २१ हजार भन्दा धेरै छ ।

0Shares