अन्तराष्ट्रिय

भारतमा कोरोना संक्रमितको संख्या घट्दो दरमा

0Shares

काठमाडौ,जेठ १६ : भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । शनिबार २ लाख ६४ हजार ३४२ जनालाई निको भएको छ । शुक्रबार २ लाख ७३ हजार ८०६ जनालाई निको भएको थियो । बिहीबार २ लाख ६४ हजार १८२ जनालाई निको भएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । अहिलेसम्म भारतमा २ करोड ५४ लाख ४६ हजार ८२० जना संक्रमित कोरोनामुक्त भएका छन् । भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् ।
शनिबार १ लाख ६५ हजार १४४ जना संक्रमित थपिएका छन् । शुक्रबार १ लाख ६५ हजार १८६ जना संक्रमित थपिएका थिए । बिहीबार १ लाख ७९ हजार ५३५ जना संक्रमित थपिएका थिए । बुधबार २ लाख ११ हजार २७५ जना संक्रमित थपिएका थिए । मंगलबार २ लाख ८ हजार ७१४ जना संक्रमित थपिएका थिए । भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ७८ लाख ९३ हजार ४७२ जना संक्रमित पुगेका छन् । सक्रिय संक्रमित घटेर २१ लाखमा पुगेका छन् । हाल २१ लाख ९ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म भारतमा २० करोड ८९ लाख २ हजार ४४५ जनाले कोरोनाको खोप लगाइसकेका छन् ।

0Shares