भारतमा १८ वर्षभन्दा कम उमेरका सबैलाई कोरोना खोप दिने
काठमाडौ,वैशाख ७ : भारतमा आउँदो मे १ तारिखदेखि १८ वर्षभन्दा माथिका सबैले कोरोना विरुद्धकोे खोप पाउने भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकले मे १ तारिखदेखि १८ वर्षमाथिका सबैलाई खोप दिने निर्णय गरेको हो।यसअघि ४५ वर्षभन्दा बढी उमेरकालाई मात्रै कोरोनाविरुद्धको खोप लगाइएको थियो। यस्तै, बैठकले खोप अभियानलाई अझै प्रभावकारी बनाउँदै तीव्र गतिमा खोप अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यस्तै, कोरोना विरुद्धको खोप खुला बजारमा बिक्री गर्न बैठकले स्वीकृति पनि दिएको खबरमा उल्लेख गरिएको छ । यो निर्णयसँगै अब खोप उत्पादक कम्पनीले हरेक महिना उत्पादन गर्ने कुल खोपको आधा प्रतिशत केन्द्र सरकारलाई बुझाउने छन् भने बाँकी रहेको प्रतिशत खुला बजारमा बेच्न पाउनेछन्। भारतमा अहिलेसम्म १२ करोड ३८ लाखभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाइसेका छन् । तर, सङ्क्रमण फैलिए अनुसार खोप अभियानलाई बढाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।