राष्ट्रिय

भारतले कोरोनाभाइरसको १० लाख मात्रा खोप दिने र त्यो बिहीवार नेपाल आइपुग्ने

0Shares

काठमाडौँ माघ ७: “भारतले १० लाख मात्रा कोभिड-१९ विरुद्धको खोप अनुदानमा उपलब्ध गराएको छ,” बुधवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने।”त्यो भोलि नै काठमाण्डूमा अवतरण हुँदैछ।”मन्त्री त्रिपाठीले सो खोप “अग्रपङ्क्तिका योद्धालाई” दिन सबै तयारी पूरा गरिसकेको बताए।

उनले भने, “सुरुमा अग्रपङ्क्तिका योद्धाहरूलाई दिइनेछ र बाँकी रहेमा जोखिममा रहेका जनसङ्ख्यालाई दिइनेछ।””यो पर्याप्त छैन त्यसैले खोप खरिद प्रक्रियामा पारदर्शी भएर अगाडि बढ्नेछौँ।”मन्त्री त्रिपाठीले आगामी दिनमा पनि खोप खरिदमा भारत सरकारको सहयोग महत्त्वपूर्ण हुने बताए।मन्त्री त्रिपाठीले भारत सरकारले प्रतिकूल अवस्थामा पनि औषधिको र अन्य चिकित्सासँग सम्बन्धित सामग्रीको आपूर्ति कायम राखेकोमा खुसी व्यक्त गर्दै खोपलाई “अमूल्य उपहार” भने।खोप अनुदानलाई “मित्रताको अनुपम नमुना’ भन्दै उनले बुधवार ‘ऐतिहासिक दिन’ भएको बताए।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भने उडानसम्बन्धी सबै व्यवस्था मिलेमा केही दिनमा भारतले उपहारको रूपमा दिएको खोप नेपाल आइपुग्ने बताए।भारतबाहिर यो खोप प्राप्त गर्ने पहिलो देशहरूमध्ये नेपाल पनि भएको बताए।उनले स्पष्ट रूपमा खरिदसम्बन्धी विषयमा बोलेनन् तर यो सहयोग नेपाललाई कोरोनाभाइरसमुक्त बनाउने अभियानको पहिलो कदम हुने बताए।

0Shares