राष्ट्रिय

शेरबहादुर देउवासँग भारत र चिनिया राजदूतहरुको भेटबार्ता

0Shares

काठमाडौ,फागुन १४: प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको संसद् विघटन गर्ने निर्णय गरेपछी सर्वोच्च अदालतमा रीट परेको थीयो। अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछी नेपालको नयाँ राजनीतिक घटनाक्रमलाई बुझ्नका लागि चीनकी राजदूत होउ यान्छी र भारतका राजदूत विनय मोहन क्वात्रा नेपाल आएका छन। नेपाल आएलगतै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनकै निवास बुढानिलकण्ठमा भेटवार्ता गरेका छन्। सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै चीनकी राजदूत होउ यान्छी र भारतका राजदूत विनय मोहन क्वात्रा सक्रिय भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको संसद् विघटन गर्ने पुस ५ गतेको निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी थिइन् । तर उक्त असंवैधानिक कदमलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएको हो ।नयाँ राजनीतिक घटनाक्रमपछि अब संसदमा गएर सहकार्य गर्नु पर्छ भन्दै नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल बुधबार देउवा निवास पुगेका थिए ।

0Shares