राष्ट्रिय

भियतनामले दियो सिनोफार्मको खोपलाई अनुमति

0Shares

काठमाडौ,जेठ २१ : भियतनामको स्वास्थ्य मन्त्रालयले चीनको औषधि निर्माता सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ को खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । भियतनामका उप स्वास्थ्य मन्त्री ट्रुओङ क्वोक कुओङले सिनोफार्मको खोपलाई बिहीबार स्वीकृति दिएका हुन् । भियतनामले यसअघि एस्ट्राजेनेका र स्पुतनिक भी खोपलाई अनुमति दिइसकेको छ ।
गत अप्रिल महिनाको अन्त्यदेखि भियतनाममा कोभिड–१९ को संक्रमण बढी देखिएको छ । शुक्रबारसम्म भियतनाममा गत अप्रिल २७ यता करिब पाँच हजार व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ । योसहित भियतनाममा ८ हजार १ सय १५ जना संक्रमित भएका छन् । त्यस्तै भियतनाममा अहिलेसम्म कोरोनाबाट ४९ जनाको मृत्यु भएको छ । भियतनाममा केही दिनअघि भारत र यूकेमा भेटिएको कोरोना भाइरस मिश्रित रुपमा भेटिएको थियो । सिनोफार्मको कोभिड–१९ विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगका लागि गत मे महिनामा अनुमति दिएको थियो ।

0Shares