राष्ट्रिय

भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई आउन अनुरोध

0Shares

काठमाडौ,साउन ५: नेपाल पत्रकार महासंघ ललितपुर शाखाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई बुधबार आउन अनुरोध गरेको छ ।महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले आज जारी गरेको सूचनामा स्वास्थ्य कार्यालय ललितपुरमा कोभिड–१९ विरुद्धको सो खोप बुधबार पत्रकारलाई दिइने उल्लेख गरिएको छ ।
उक्त पत्रमा भेरोसेल खोपको पहिलो मात्रा लगाएका पत्रकारले सो कार्ड वा सूचना विभाग तथा नेपाल पत्रकार महासंघले जारी गरेको परिचयपत्र अनिवार्य साथमा लिएर आउनसमेत आग्रह गरिएको छ ।यसअघि भेरोसेल खोपको पहिलो मात्रा पत्रकारले गत असार ६ गते महासंघको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा लगाएका थिए ।

0Shares