राष्ट्रिय

भैरहवा विमानस्थल सञ्चालन, निजगढ र काभ्रेमा विमानस्थल निर्माण सुरु गर्ने सरकारको घोषणा

0Shares

सरकारले आगामी आर्थिक वर्षभित्रै भैरहवामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने घोषणा गरेको छ।

आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यही सन् २०२१ मा पोखरा विमानस्थल सञ्चालनमा आउने बताएकी छन्।

हवाई पूर्वाधारका लागि सरकारले आगामी वर्ष २ विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने र अन्य विमानस्थलको स्तरबृद्धि गर्ने उनले बताइन्।

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यही वर्षदेखि सुरु गर्ने र काभ्रेको कुनै उपयुक्त ठाउँमा आन्तरिक विमानस्थल बनाउने उनले घोषणा गरेकी छन्।

त्यस्तै तेह्रथुमको चुहान डाँडा लगायतका ठाउँमा आन्तरिक विमासन्थल बनाउने योजना सरकारले अघि बढाउने भएको छ।

Source:Setopati

0Shares