भोलि शेयर बजार बन्द हुने
काठमाडौ,साउन ५: धिताेपत्रकाे दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुने भएकाे छ । सरकारले भाेलि सार्वजनिक बिदा दिने भएको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा भाेलि श्रावण ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।
सरकारले सार्वजनिक बिदा दिने घाेषणा गरेसँगै बजार पनि बन्द हुने भएकाे नेप्सेका प्रवक्ता मुरहारी पराजुलीले जानकारी दिएका छन् ।हिजाे साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक १३.९७ अंकले बढेर २९९४.५८ मा पुगेकाे थियाे । यस्तै सेन्सेटिभ परिसूचक भने ०.०२ अंकले घटेर ५६०.९४ मा पुगेको थियाे । कूल २१९ वटा कम्पनीकाे ३ करोड ७५ लाख ७१ हजार ३ सय ५४ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६ सय ७ रुपैयाँको कारोबार भएकाे थियाे ।