राष्ट्रिय

मंगलबारका दिन सार्वजनिक विदा दिने निर्णय

0Shares

काठमाडौ,वैशाख ५: कर्णाली प्रदेश सरकारले चैते दशैँका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गते बसेको बैठकले चैत शुक्ल अष्टमी (चैते दशैं) को अवसरमा वैशाख ७ गते (मंगलबार)का दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था विदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । नेपाल सरकारले देशभर सार्वजनिक विदा दिने नगरे पनि कर्णाली प्रदेश सरकारले भने सार्वजनिक विदा गरेको हो ।

0Shares