राष्ट्रिय

मनकामना केबलकार एक हप्ताका लागि बन्द

0Shares

गोरखा, पुस १३: मनकामना केबलकार एक हप्ताका लागि बन्द हुने भएको छ । केबलकारको नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले आउँदो १४ गते मंगलबारदेखि २० गते सोमबारसम्म सेवा बन्द हुने मनकामना दर्शन प्रालीले जनाएको छ । आउँदो २१ गतेदेखि भने सेवा सुरु हुने छ । कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबलकार गएको मंसिर २८ गतेदेखि सञ्चालनमा आएको थियो

0Shares