राष्ट्रिय

लुम्बिनी प्रदेश बन मन्त्री पाण्डे द्वारा बल्कोट स्वास्थ केन्द्रलाई स्वास्थ सामाग्री सहयोग

0Shares

काठमाडौ,जेठ २७ : लुम्बिनी प्रदेशका उद्योग बन तथा बाताबरण मन्त्री कल्पना पाण्डेले छत्रदेब गाउँपालिका वडा न २ मा रहेको बल्कोट प्राथमिक स्वास्थ केन्द्रको लागि विभिन्न स्वास्थ सामाग्री सहयोग गर्नुभएको छ । बन मन्त्री पाण्डे जनता समाज बादी पाटी (जसपा) बाट मन्त्री हुनुभएको हो । उहाँले मन्त्री भए लगत्तै विभिन्न ठाउँमा स्वास्थ सामाग्रीहरु सहयोग गर्नुभएको छ ।
मन्त्री पाण्डेले बल्कोट प्राथमिक स्वस्थ केन्द्र लाई ६ थान अक्सीजन सिलिन्डर, २५ थान पिपिई, २५ थान ग्रान्ड, सेनिटाईजर, केयन ९५ माक्स, सर्जिकल माक्स १०००, फेस सिल ४५ पिस, गल्स १५० सेट, सहित विभिन्न स्वास्थ सामाग्री सहयोग गर्नुभएको हो । उहाँले कोभीड १९ बाट सक्रमीत व्यक्ति अक्सीजनको अभाबका कारण मृत्यु सम्म भएकोले त्यस्तो घटना छत्रदेब गाउँपालिकामा हुन नदिन आफुले सक्दो प्रयास गरेको बताउनु भयो । मन्त्री पाण्डेले स्वास्थ क्षेत्रमा काम अगाडी बढाउन प्रदेश सरकारको स्वास्थ तथा जनसंख्या मन्तालय संग समन्वय भईरहेको बताउनुभयो । साथै उहाँले स्वास्थ सम्बन्धि केहि आवश्यक परेको खण्डमा आफुलाई जानकारी गराउन पनि आग्रह गर्नुभएको छ । बजेट तथा आर्थिक बर्षको कारणले गर्दा आफू अहिले उपस्थित हुन नसकेको भन्दै आगामी दिनमा पुन: स्वास्थ सामाग्री लिई आफुनै उपस्थित हने जानकारी गराउनुभयो । उत्त स्वास्थ सामाग्री छत्रदेब गाउँपालिका वार्ड न:२ का वार्ड अध्यक्ष तथा बल्कोट प्राथमिक स्वास्थ केन्द्रका ब्यबस्थापन समितिका अध्यक्ष राजेस कुमार पन्थीले स्वास्थ केन्द्रमा हस्तान्तरण गर्नुभयो ।

0Shares