राष्ट्रिय

महराविरुद्धको मुद्दामा सोमबार फैसला

0Shares

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो । अदालतले सोमबार फैसला सुनाउने सह-प्रवक्ता टीकासिंह खत्रीले बताए ।

आइतबार नै फैसला सुनाउने तयारी भएपनि समय अभावको कारण सोमबारलाई सारिएको प्रवक्ता खत्रीले बताए।

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिमबहस चलेको थियो। महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दिनमणी पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए।
सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलहरूलेजवाफ दिएका थिए। त्यसपछि न्यायाधीश पौडेलले फैसला लेखिसकेका थिए । टाइपिङमा ढिलाइ भएको भन्दै साँझ साढे ५ बजे फैसला सोमबार सुनाउने भनेर उनी बाहिरिएका थिए ।
संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियाे ।

Source: Kantipur

0Shares