पुंजीबजार

महीला लघुवित्तको बाँडफाँड भोली बिहान

0Shares

काठमाडौ,फागुन १३: अहीले शेयर बजारमा सबैको चासो बढेको बेला महीला लघुवित्तले सर्वसाधारणको लागी आईपीयो खुल्ला गरेको थीयो। सो आईपीओ मा पनी आबेदकहरुको कमी देखीयन। महिला लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ फागुन १४ गते शुक्रबार बाँडफाँड हुने भएको छ। यो आइपीओ आगामी शुक्रबार बिहान ८ बजे बाँडफाँड गर्ने तयारी गरिएको छ। लघुवित्तको आइपीओ प्रिअलटमेन्ट मंगलबार नै भइसकेको क्यापिटलले जनाएको छ। लघुवित्तको आईपीओमा २ करोड ४६ लाख ४६ हजार १७० कित्ता अर्थात २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सो आवेदन सर्वसाधारणका लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ६५.७२ गुणा बढी हुन आउँछ ।
मागभन्दा अत्याधिक आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले ३७ हजार ५०० जनाले मात्रै शेयर पाउनेछन् ।महिला लघुवित्तले माघ ३० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर ९आईपीओ० मा आवेदन दिने फागुन ५ गते अन्तिम दिन थियो ।
लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो। निष्काशन गरिएको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन खुलाइएको थियो ।

0Shares