राष्ट्रिय

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै

0Shares

काठमाडौ,चैत १: माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा गएका नेताहरुको सांसद पद गुम्ने भएको छ । ओलीले २३ जनालाई एमालेको केन्द्रीय सदस्य नियक्त गरेसँगै माओवादीको तर्फबाट निर्वाचित सांसदहरुको पद कानुन बमोजिम गुम्ने भएको हो । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले नेकपा एमालेमा गएका नेताहरूलाई कारवाही गर्ने निर्णय गर्ने सम्भावना छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब फेरि नयाँ आन्दोलनको आवश्यक भएको भन्दै नेता कार्यकर्तालाई एकीकृत गर्न खोजेका छन् । शनिबार बसेको केन्द्रको स्थायी कमिटी बैठकले एमालेमा गएका रामबहादुर थापा बादलसहितका नेतालाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो। तत्कालीन नेकपा माओवादीका २३ जना नेतालाई नेकपा एमालेले केन्द्रीय सदस्य मनोनित गरेको थियो। साथै सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरूलाई फिर्ता आउन केन्द्रले भनेको छ।

0Shares