राष्ट्रिय

माओवादी केन्द्र स्थायी कमिटीको बैठक बस्दै

0Shares

काठमाडौ,चैत १०: नेकपा (माओवादी केन्द्र)ले मङ्गलवार स्थायी कमिटी बैठक बोलाएको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनसहित वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल गर्न मङ्गलवार बिहान ८ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको हो ।
बैठक कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि दलहरूबीचमा भइरहेका छलफल र आगामी रणनीतिक विषयमा समेत छलफल हुनेछ ।बैठकमा पार्टी साङ्गठनिक संरचनासहित, भातृ सङ्गठनका गतिविधि लगायतका विषयमा छलफल हुनेछ ।

0Shares