राष्ट्रिय

मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गर्यो निर्वाचन आयोग

0Shares

काठमाडौं, माघ ४ : निर्वाचन आयोगले राजनीतिक दलहरुलाई छलफलमा बोलाएर मध्यावधि निर्वाचनका लागि माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गरेको छ । आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने तथा त्रुटि भए सच्याउन १६/१७ गते निवदेन दिने प्रस्ताव गरेको छ ।

प्रधानमन्त्रिको सिफारिसमा रास्ट्रपतिबाट गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरि २०७८ वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति घोषणा गरिएको छ। प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै परेको मुद्दामा सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ चलिरहेका बेला निर्वाचन आयोगले दलहरूसँग निर्वाचन कार्यक्रमबारे छलफल गरेको छ। आयोगले आज राखेको छलफलमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली र प्रचण्ड नेपाल पक्ष, नेपाली कांग्रेसलगायत दलका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिनिधि सभा भंग गर्नु अलोकतान्त्रिक र असंवैधानिकहो भन्ने दल कांग्रेस र नेकपाको प्रचण्ड नेपाल पक्ष पनि आयोगको छलफलमा सहभागी भएको छ। उक्त छलफलमा नेपालि कांग्रेसका तर्फबाट सहभागी नेता आनन्दप्रसाद ढुंगानाले आयोगले निर्वाचन सम्बन्धी कुराकानी गरेको वताए भने नेकपा प्रचण्ड–माधव समूहका नेता राजेन्द्र पाण्डेले संसद विघटनको मुद्दा अदालतमा विचाराधीन भएकाले निर्वाचन कार्यक्रम अगाडि बढाउन नहुने बताए ।

0Shares