राष्ट्रिय

माधवकुमार नेपालले गरे यस्तो अडान

0Shares

काठमाडौ,असार २१: एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई ओलीले आज बेलुका ५ बजेसम्म हस्ताक्षर फिर्ता नभए एमाले हुन नसक्ने बताएका थिए ।तर नेपाल समूहको आन्तरिक बैठकले सर्वोच्च अदालतको फैसला नआएसम्म हस्ताक्षर फिर्ता नलिने निष्कर्ष निकालेको थियो ।
ओलीले नेता नेपालसँग भेट्न खोजे पनि नेपालले भने अस्वीकार गरेका थिए ।त्यसपछि ओलीले नेता भीम रावलसँग आइतबार बेलुका दुईघण्टा बढी छलफल गरेका थिए ।सोमबार बिहान एक सांसद्ले भने, “अहिले हस्ताक्षर फिर्ता लिने भन्ने कुरै रहँदैन । सांसद पद गए जान्छ तर अहिले हस्ताक्षर फिर्ता लिने सम्भावना छैन । अदालतको फैसला नआउन्जेल केही हुँदैन ।”

0Shares