राष्ट्रिय

मालारानीको अग्लो डाँडामा डिप बोरिङ्गबाट पानी

0Shares

अर्घाखाँची जिल्लाको मालारानी गाउपालिकाको सबैभन्दा अग्लो डाडो मन्दिरमा डिप बोरिङ मार्फत पानी निस्किएपछि स्थानीय खुसी भएका छन् ।
पहाडको अग्लो डाडोमा करिब ३ सय मिटर तल जमिनमुनि पानी निकाल्न सफलता प्राप्त भएको हो । मालारानी गाउँपालिका अर्घाखाँची को करिब ४२ लाखको लगानी र मुक्तिनाथ डिलिङ एन्ड कन्स्ट्रक्सन प्रालि रुपन्देहीको प्राबिधिक सहयोगमा डिप बोरिङ प्रबिधि मार्फत पानी निकालिएको कम्पनीका प्राबिधिक बासु भुसालले जानकारी दिए ।
उनका अनुसार यहाँबाट चौबीसै घन्टा डेढ ईन्च पानी खपत हुने छ । ‘यस्तो खालको प्रबिधि पहाडी जिल्लामा पहिलोपटक हो, पानी पाउने भएपछि स्थानीय निकै खुसी हुनुभएको छ’–कम्पनीका प्राविधिक भुसालले भने ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष लोक बहादुर बस्नेतले खानेपानीको समस्या समाधान हुने बताए । खानेपानी डिप बोरिङ गरेर निकालेपछि पानीको समस्या समाधान हुने मालारानी गाउपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री, वार्ड नम्बर ८ का अध्यक्ष नरेन्द्र बस्नेत, वार्ड नम्बर ६ का अध्यक्ष खड्क भुसाल, उपभोक्ता समितिका अध्यक्ष लोक बहादुर बस्नेत, पत्रकार महासंघ अर्घाखाँचीका सचिव सुर्य भुसाल, पत्रकार नविन केसी, विष्णु खनाललगायतले आ आफ्नो भनाई राखेका थिए ।

स्रोत:दैनिक पत्र

0Shares