बिजनेस

मिथिला डिपार्टमेन्ट स्टोरमा लागेको आगो नियन्त्रणमा:

0Shares

धनुषा, ९ पुस जनकपुरधाममा रहेको मिथिला डिपार्टमेन्ट स्टोरमा र एक रेस्टुरेन्टमा लागेको आगो नियन्त्रणमा आएको छ । जनकपुरथाम उपमहानगरपालिका २ शिवचोकमा रहेको डिपार्टमेन्ट स्टोर र एक रेस्टुरेन्टमा लागेको आगो केही समय अघि निभाइएको छ । धनुषा र महोत्तरीबाट पाँच वटा वारुण यन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको हो । धनुषाको धनुषाधाम नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, जनकपुर एअरपोर्ट र महोत्तरीको जलेश्वर नगरपालिकाको वारुण यन्त्र आगो निभाउन घटनास्थलमा पुगेको थियो । आगोले करोडौँ रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ । बिहीबार बिहान ११ बजेदेखि लागेको आगो केही बेरअघि निभाइएको हो । आगलागीको कारण भने खुल्न सकेको छैन ।

0Shares