पुंजीबजार

मिर्मिरे लघुवित्तको बोनस सेयर खातामा जम्मा

0Shares

काठमाडौ,असार २४: मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ ।संस्थाकाे चैत्र १८ गते, सम्पन्न भएकाे दशाैँ वार्षिक साधारण सभाले पारित गरेकाे ९.१९९ प्रतिशत बोनस सेयर बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिनसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा हिजाे (असार २३ गते, बुधबार) देखि जम्मा गरिएकाे संस्थाले जनाएकाे छ ।
संस्थाले उक्त मिति पश्चात् सेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिने भएकाले सेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । संस्थाकाे सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

0Shares