मेरो एक मात्र सच्चा साथी हो ऐना, म रोए भने रुन्छ म हाँसे भने हाँस्छ ।
मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।
१. नभन हिरा, मोती अनि सुन चाहिन्छ, बरु लैजाउ मुटु कलेजो कुन चाहिन्छ, सबै थोक माग तर बिन्ति आँसु नमाग, आँसु त मलाई रून चाहिन्छ ।
२. फुल जति नै सुन्दर होस, प्रशंसा सुगन्धले हुन्छ, मान्छे जति नै ठूलो होस, कदर उसको गुणले हुन्छ ।
३. आफ्नै व्यस्त यो जिन्दगीमा यहाँ को-कसको हुन्छ ? मेरो एक मात्र सच्चा साथी हो ऐना, म रोए भने रुन्छ म हाँसे भने हाँस्छ ।
४. कहीले काही त एकान्तमा एक्लै बस्न मन लाग्छ, तर के गर्नु तिम्रो यादले मेरो साथ कहीलै छोडेन ।
५. लगाउन त उनलाई राम्रोसंग मेहन्दी पनि लाउन आउदैन ,थाहा छैन अन्जान संग मन जोड्न उनले कहाँबाट सिकिन ?
६. थाहा छ उनी पनि मलाई मैले जतिकै सम्झिरहन्छिन् किनभने बिर्सन सक्ने गरि प्रेम मैले गरेकै थिइन ।
७. कसैलाई भेटे बिना नै प्रेम हुन सक्ला ? अबश्य हुन सक्छ किनभने भेटमा त केवल शरिर भेटिने हो मन त शरिर नभेट्दा पनि भेटिन्छ नि, उसै पनि प्रेम शरिर सँग हैन मन सँग नै गर्ने हो ।
८. आफ्नो औकात माथी नमात ए मान्छे, त्यो त मृत्यु नै हो जो तिमिलाई जिन्दगीको नासो दिदै गइरहेको छ ।
९. हरेक साँझ तिम्रो सम्झनामा यी गहभरी आंशुले तिम्रो पर्खाईको मीठो कामना गरिरहेछन् ।
१०. जे चाहन्छौ त्यो गर जिन्दगीमा तर एउटा अनुरोध छ कसैसित अधुरो प्रेम नगर ।