ब्लग /साहित्य

मेरो बा को पाला!!!!!!!

0Shares

लेखक/साहित्यकार: सबिता

भाग १ .. बा-आमाको इच्छा परिस्थितिको बाध्यता |

भनिन्छ सृस्टि कर्ता आमा ले घर ,परिवार र समाजको जग को भूमिका निर्बाह गरेकी हुन्छिन जसरी घर को जग पिल्लर ले धानेको हुन्छ ।आमा गर्भवती हुदै गर्दा , कुनै आमा ले नै जन्माएका बा ले छोरा पाउनु पर्छभन्दै दबाब दिरहेको हुन्छ ।एतिबेला उसले बिर्सिदै छ कि तेही छोरि आमा बनेर उसलाई जन्म दिएकि थिइन् ।

संवादतर्फ लागौ एकछिन ।

जब एक आमा ले पेटमा बच्चा हुर्काईरहेकी हुन्छिन …………………

बुढा: ए ,बुढी त के जन्माउछस ह ?मलाई तछोरा चाहिन्छ है छोरा
बुढी:आ बुढा पनि के भो त सन्तान सन्तान नै हो क्यार ,छोरा भएपनि छोरी भएपनि ।
बुढा :(झर्किदै ) केरे केरे के भनिस रे छोरो जन्मा खुरुक्क ,मलाई कुल धान्नुपर्छ छोरि पाइस भने मैले जानयाछु तलाई।
बुढी :फेरी मैले बनाएर बन्ने पनि त होइन भगवान को इच्छा जे भएपनि खुसि ।
बुढा :धेरै बकबक नगर कामगर , चिया पकाजा बढीजान्ने पल्टीदिरैछ ।(रिस ले भन्किदै )
बुढी :हस मचिया पकाएर ल्याछु ।(लुरुक्क पर्दै भानछा कोठा तर्फ़ लागिन )भगवान संग पुकार गर्दै (हे भगवान मलाई छोरा नै दिनुस है ,येदि उहाले चाहे जस्तो भएन भने त म कसरि बचुला )
यसै गरि दिनहरु बित्त्दै गए ]अन्तत आमा ले छोरीलाई जन्म दिइन् !!!!!!!!!!

अब के हुन्छ होला? अर्को भागको प्रतिक्षा गर्नुहोला !!!!!!!!!!!

0Shares