राष्ट्रिय

मोदीले दिए देउवालाई बधाई

0Shares

काठमाडौ,साउन ४ : प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । आइतबार प्रतिनिधि सभामा विश्वासको मत पाएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई सामाजिक संजालमार्फत बधाईसँगै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना । म हाम्रो सबै क्षेत्रमा रहेको अनौठो साझेदारीलाई बढाउन र नागरिकको बीचमा रहेको गहिरो सम्बन्धलाई मजबुत बनाउन तपाईंसँग सहकार्य गर्न तयार छु । प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार १६५ जना सांसदले विश्वासको मत दिएका छन् । प्रधानमन्त्री देउवाको विपक्षमा ८३ मत खस्यो भने ‘मत दिन्नँ’ भन्ने पक्षमा १ मत खसेको थियो ।

0Shares