राष्ट्रिय

मोबाइलको चोरी पैठारी रोकिएको छैन

0Shares

काठमाडौ,फागुन ९: नेपाल लगायत संसार नै कोभीड बाट अछुतो रहन सकेन। कोभिड को कारण वीभीन्न पेशा ब्यबसाय बन्द नै भय भने कतीको त् जागीर नै फुस्कीयो झन्डै ९ महीनाको लकडाउन सकीएर अहीले सामान्य रुपमा बाताबरण सहज हुदै गईरहेको छ।तर लकडाउनको समयमा सबै ब्यबसाय बन्द हुने अबस्था आएपनी स्मार्ट फोनको बिक्री भने बढी नै भएको देखीयो । आयातकर्ता संघका अध्यक्ष भन्छन्, ‘नेपालमा झण्डै ५० प्रतिशत त चोरी-पैठारीका मोबाइल बिक्री भइरहेका छन् ।’राज्यको विधि मिचेर, भन्सार छलेर ल्याइने मोबाइलले नेपाली बजार कब्जा गरिरहेको मल्होत्राको भनाइ छ । ‘सामसुङ, एमआई जस्ता स्मार्ट फोनहरु एक्टिभेट भएको बेलाको रेकर्ड हेर्दा कहाँबाट बिक्री भएको मोबाइल हो भन्ने देखिन्छ,’ उनले भने, ‘५० प्रतिशत फोन त विधि मिचेर, भन्सार छलेर आइरहेको छ ।’त्यही कारण लकडाउनमा उकालो लागेको मोबाइलको ब्यापार अहिले ओरालो लागेको छ ।

दूरसञ्चार प्राधिकरणको तथ्यांक हेर्ने हो भने स्मार्ट फोन प्रयोगकर्ताको ग्राफ भने बढिरहेको उनी बताउँछन् । उनले भने, ‘ मोबाइलको चोरी पैठारी रोकिन सकेको छैन । ग्राहकले पनि कुन चोरी हो, कुन होइन भन्ने बुझ्दैन ।’मोबाइल वितरक संघ गण्डकीका अध्यक्ष पहारीले पनि चोरीपैठारीका मोबाइल कारोबार गरेको देख्दापनि टुलुटुलु हेरे बस्नुपर्ने बताए । पहारीले भने, ‘पोखरामा पनि फलफूल र तरकारीको गाडीभित्र पनि बट्टामा पनि मोबाइल आउने रहेछ ।’उपभोक्ताले पनि भ्याट बिल चाहिँदैन, सस्तो मोबाइल दिनुस् भन्ने गरेको उनले सुनाए ।

0Shares