राष्ट्रिय

मौसम अझै प्रतिकुल, आइतबारसम्मै वर्षा

0Shares

काठमाडौ,साउन १: जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । महाशाखाले मौसम अनुकुल हुन अझै समय लाग्ने भन्दै आगामी आइतबारसम्मै वर्षा हुने जनाएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।त्यस्तै देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूर(पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।यस्तै नेपाल ‘फ्लड एलर्ट’ ले शुक्रबार महाकाली, पश्चिम राप्ती, तिनाउ जलाधारका सहायक नदीहरु तथा नारायणीका सहायक नदीहरु त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकी लगायतमा पानीको बहाब बढ्ने र केहीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

0Shares