राष्ट्रिय

म माथी शारीरिक हमला नै भई ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला:प्रधानमन्त्री

0Shares

काठमाडौ,फागुन १७: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि कुनै शारीरिक हमला हुन सक्ने बताएका छन्।पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताए ।‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ ।

शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला,’ उनले भने । यसो हुनुमा सरकारले प्रभावकारी र गतिशील ढंगले विकास निर्माणका काम गरिरहेको उनले उल्लेख गरेका छन्। उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरे ।प्रधानमन्त्री ओलीले भने, ‘म रहिन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’प्रधानमन्त्री ओलीले हरेक परिस्थितिको सामना गर्ने पनि बताए ।

0Shares