अन्तराष्ट्रिय

यमन विमानस्थलमा प्रधानमन्त्रीलाई लक्षित गरी आक्रमण

0Shares

काठमाडौँ,पुस १६: यमनको एउटा विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । अरु ५० जनाभन्दा धेरै घाइते भएका छन् ।
केही समयअघि गठन भएको सरकारका सदस्यहरू चढेको विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको बीबीसीले जनाएको छ ।
यमनको दक्षिणी भागमा रहेको एडन सहरको विमानस्थलमा भएको विस्फोटमा सहायतामा जुटेकाहरू र अरु अधिकारीहरू रहेको खबरमा उल्लेख छ । यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइदले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।
यमनको एउटा समाचार वेबसाइट अल(मस्दरले श्रम मन्त्रालयका उप(सचिव मारिएका र दुई जना उप(मन्त्री घाइते भएका उल्लेख गरेको छ । यमनका सूचना मन्त्रीले हुथी विद्रोहीहरूल विस्फोट गराएको आरोप लगाउनुभएको छ ।
यमन सन् २०१५ देखि द्वन्द्वको चपेटामा छ । यमनमा द्वन्द्वका कारण एक लाख १० हजारभन्दा धेरैले ज्यान गुमाइसकेका बताइएको छ । द्धन्दका कारण यमनका लाखौं मानिसलाई भोकमरीको चपेटामा पारेको छ ।कोरोना महामारीले यमनको अवस्था झन् कमजोर बनाइदिएको छ ।

0Shares