बैंक तथा वित्तिय

युनाइटेड इन्स्योरेन्समा उपासना पौडेलको नियूक्ति

0Shares

काठमाडौ,वैशाख २१ : दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट एमबिएसम्मको अध्ययन पुरा गरेकी उपासना पौडेल यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल को प्रमुख कार्यकारी अधिकृत पद (सिइओ)मा आगामी चार वर्षका लागि नियूक्त भएकी छन् । पौडेल ३४ वर्षको उमेरमा बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत भएकी छन् ।
उनी भारतमा रहँदा बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् । पछिल्लो पटक उनी यूनाइटेड इन्स्योरेन्स कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् । उनको कार्य सम्पादनप्रति सन्तुष्ट रहेको कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियूक्त गरेको हो । कर्मचारीको टिमवर्कलाई विशेष ध्यान राख्दै उनले सफल नेतृत्व दिने विश्वास लिइएको कम्पनीले जनाएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा नेतृत्वदायी भूमिका लिने महिलाको संख्या बढ्न थालेको छ । हाल अनुपमा खुञ्जेलीले मेगा बैंकको नेतृत्व गर्दै आएकी छन् । राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना छन् ।

0Shares