पुंजीबजार

युनियन लाइफको साढे ६४ लाख कित्ता आईपीओ निष्काशन

0Shares

काठमाडौ,असार २४: यूनियन लाइफ इन्स्योरेन्सले आज (असार २४ गते) देखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ६४ करोड ५० लाख रुपैयाँको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
६४ लाख ५० हजार कित्तामा ३ लाख २२ हजार ५०० कित्ता कर्मचारी र ३ लाख २२ हजार ५०० कित्ता नै सामूहिक लागनीकोषलाई छुटयाईएको छ । सर्वसाधारणले ५८ लाख ५ हजार कित्तामा मात्रै आवेदन दिन पाउने छन् ।न्यूनतम १० देखि अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन छिटोमा असार २८ गतेसम्म दिइसक्नुपर्ने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन ७ गतेसम्म आवेदन दिन सकिने छ ।लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ दिएको छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ

0Shares