खेलकुद

युरोकपको सेमिफाइनल समीकरण

0Shares

काठमाडौ,असार २०: युरोपका ११ राष्ट्रका ११ शहरमा जारी प्रतियोगिता ११ जुलाईमा सकिँदैछ । अहिलेसम्म १० राष्ट्रले उपाधि जितेका छन् । सेमिफाइनलमा पुगेका चार टिममा यसअघि उपाधि जितेका तीन टिम छन् भने इङ्गल्याण्डमात्र उपाधि नजितेको टिम हो । ११ को संयोग चलिरहँदा लयमा रहेको इङ्गल्याण्डले उपाधि जित्यो भने ११ औं देशसमेत बन्नेछ । 

सेमिफाइनल खेलहरु मंगलबार र बुधबार हुनेछन् । दुवै सेमिफाइनल इङ्गल्याण्डको वेम्बली स्टेडियममा हुनेछन् । मंगलबार राति १२ः४५ बजे पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन् । इटाली एक पटक र स्पेन तीन पटक च्यापियन बनिसकेको छ ।  दोस्रो सेमिफाइनलमा बुुधबार राति १२ः४५ बजे इङ्गल्याण्ड र डेनमार्क भिड्ने छन् । डेनमार्क एक पटकको च्याम्पियन हो भने इङ्गल्याण्ड पहिलो पटक उपाधि जित्ने होडमा रहेको छ । फाइनल खेल वेम्बली स्टेडियममै ११ जुलाईमा हुनेछ

0Shares