खेलकुद

युरोकप क्वार्टरफाइनलका खेलहरु शुक्रबार रातिबाट शुरु

0Shares

काठमाडौ,असार १७ : युरोकप फुटबलको १६ औं संस्करणको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । यस पटक इटाली, बेल्जियम, स्पेन, स्वीट्जरल्यान्ड, डेनमार्क, चेक गणतन्त्र, इङ्गल्याण्ड र युक्रेन अन्तिम आठमा पुग्न सफल भएका छन् । डिफेन्डिङ च्याम्पियन पोर्चुगल, रनर अप फ्रान्स, तीन पटकको च्याम्पियन जर्मनी र नेदरल्यान्ड्स भने राउण्ड अफ १६ बाटै बाहिरिएका छन् ।क्वार्टरफाइनलका खेलहरु शुक्रबार रातिबाट शुरु हुनेछन् । स्पेन र स्वीटजरल्याण्ड, इटाली र बेल्जियम, चेक गणतन्त्र र डेनमार्क तथा युक्रेन र इङ्गल्याण्ड खेल्नेछन् ।
यस्तो छ खेल तालिका–
शुक्रबार राति २१:४५ बजे स्पेन र स्वीट्जरल्याण्ड तथा १२:४५ बजे इटाली र बेल्जियम ।
शनिबार राति २१:४५ बजे डेनमार्क र चेक गणतन्त्र तथा १२:४५ बजे इङ्गल्याण्ड र युक्रेन ।
सेमिफाइनल खेलहरु ६ जुलाईदेखि शुरु हुनेछन् । पहिलो सेमिफाइनल ६ जुलाई राति १२:४५ बजे र दोस्रो खेल ७ जुलाई राति १२:४५ बजे हुनेछ ।
फाइनल खेल ११ जुलाई राति १२:४५ बजे हुनेछ । ११ देशका ११ शहरमा २४ टोली सहभागी भएर जारी युरोकप शुरू भएको हो ।

0Shares