पुंजीबजार

यो हप्ता शेयर कारोवार तिन दिन मात्र

0Shares


काठमाडौ,फागुन २४ : नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता शेयर बजार ३ दिनमात्र खुला हुने भएको छ। यो साता दुई दिन सार्वजनिक बिदा परेकाले बजार ३ दिनमात्र खुल्ने भएको हो। सातामा शुक्रबार र शनिबारबाहेक अन्य दिन शेयर बजार खुल्ने भए पनि यसपालि सोमबार र बिहीबार सार्वजनिक बिदा परेकोले तिन दिनमात्र बजार खुल्ने भएको छ।

यो साता सोमबार नारी दिवस र बिहीबार महाशिवरात्रीको उपलक्ष्यमा बजार बन्द हुनेछ। साताको पहिलो दिन आइतबार बजार दोहोरो अंकको करेक्सनका साथ बन्द भएको थियो। अब भोलि मंगलबार र बुधबारमात्र बजार खुल्नेछ।


0Shares