खेलकुद

राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नईको दोस्रो जित

0Shares

काठमाडौ,वैशाख ७: चेन्नई सुपर किङ्ग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ म दोस्रो जित हात पारेको छ । सोमबार राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नईले दोस्रो जित हात पारेको हो ।जितका लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय रन ४३ बनायो ।राजस्थानका जस बटलरले सर्वाधिक ४९ रनको पारि खेले । उनले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । जयदेव उनादकटले १७ बलमा २ चौका र एक छक्कासहित २४ रन बनाए ।
राहुल टेवाटियाले १५ बलमा २ छक्कासहित २० रन जोडे । शिवम दुबे २० बलमा २ चौकासहित १७ रन जोडे ।मनन बोहराले ११ बलमा एक चौका र एक छक्कासहित १४ रन बनाए । चेतन साकरिया र मुस्तफिजुर रहमान शुन्य रनमै अभिजित रहे ।यसबाहेक कुनै पनि ब्याटस्म्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । रियान पराग ३, डेबिट मिलर २, कप्तान सञ्जु स्यामसन एक रन, क्रिस मोरिस शून्य रनमा आउट भए । बलिङतर्फ चन्नईका मोईन अलीले तीन विकेट लिए । साम करन र रबिन्द्र जडेजाले दुई विकेट लिए । ड्वेन ब्रावो र शार्दुर ठाकुरले १—१ विकेट लिए ।यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रन बनाएकाे थियाे । चेन्नईका फाफ डु प्लेसिसले सर्वाधिक ३३ रनको योगदान दिए । उनले १७ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।ड्वेन ब्रावोेले ८ बलमा २ चौका र एक छक्कासहित २० रन रनमा अविजित रहे । दिपक चाहर शून्य रनमा अविजित रहे ।अम्बाती राइडुले १७ बलमा ३ छक्का सहित २७ रन जोडे । मोईन अली २० बलमा १ चौका र २ छक्का सहित २६ रनको योगदान दिए । सुरेश रैनाले १५ वलमा १ चौका र १ छक्कासहित १८ रन बनाए ।

0Shares