राष्ट्रिय

राजीनामाबारे छलफल गर्न खनाल–नेपाल समुहको बैठक बस्दै

0Shares

काठमाडौ,वैशाख २६ : नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको छ । आज मध्यान्हतिर भर्चुअल माध्यमबाट बैठक गरेर एउटा निर्णयमा पुगिने बताइएको छ । त्यसका लागि नेताहरु अहिले आन्तरिक तयारीमा रहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति भोलि संसद्को अधिवेशन बोलाइएको छ । त्यस अगाडि नै ओली २८ फागुन यताको निर्णय रद्ध गर्न तयार नभए नेपाल समूहका सांसदहरुले राजीनामा गर्ने तयारी भएको छ ।

0Shares