राष्ट्रिय

रामचन्द्र पौडेलको गुनासो

0Shares

काठमाडौ,फागुन ९: प्रतिनिधि सभा विघटन भएसंगै नेकपमा पनि चर्को विबाद भैरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेर ठहर गरेकोले त्यसलाई लोकतान्त्रिक र संवैधानिक बनाउने बाटोतर्फ जानुपर्नेमा केन्द्रीय समितिले यसबारे ठोस निर्णय नगरेकोमा पौडेलको गुनासो छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कुरा सभापति शेरबहादुर देउवाले नसुनेको बताएका छन्।

यस्तै संवैधानिक नियुक्तिहरू खारेज गर्न पार्टीले माग गर्नुपर्ने भनेर केन्द्रीय समितिमा कुरा राखे पनि कुनै निर्णय नभएको उनले बताए।यस्तै भ्रष्टाचार काण्डहरू आइरहेकाले छानविनको माग गर्नुपर्ने कुरा केन्द्रीय समितिमा राखेको उनको भनाइ छ।प्रदेश सरकारमा नेकपाभित्रबाटै अविश्वास प्रस्ताव आएकोले यसबारे पनि निर्णय लिनुपर्नेमा केन्द्रीय समितिले कुनै निर्णय नगर्दा अन्यौल सिर्जना भइरहेको पौडेल बताउँछन्।‘प्रतिनिधि सभा पुनर्स्थापना नै अहिलेका समस्याका समाधान हुन्। म त सांसद पनि छैन मलाई फाइदा हुने पनि होइन। मैले त प्रजातन्त्र र संविधान बचोस् भनेको हुँ,’ उनले भने।

0Shares