राष्ट्रिय

राष्ट्रपति निबास पुगे प्रधानमन्त्री

0Shares

काठमाडौ,फागुन १४: गत पुस ५ गते आफ्नै पार्टीका अर्को पक्षले काम गर्न नदिएको भन्दै ओलीले संसद विघटन गरेका थिए। पुस ३ र ४ गते अर्को पक्षका नेताहरुसँग पनि भेटेका ओलीले आफूमाथि संसदमा अविश्वासको प्रस्ताव नै आउने देखेपछि ५ गते बिहान मन्त्रीहरुलाई समेत एजेन्डाबारे जानकारी नदिई बालुवाटार बोलाएर मन्त्रीपरिषद बैठक बसेका थिए ।मन्त्रीहरुको विचारसमेत नलिई उनले संसद विघटनको प्रस्ताव स्वीकृत गराएका थिए । त्यस लगत्तै राष्ट्रपति कार्यालय पुगेर उक्त सरकारको सिफारिस दिइएको थियो ।राष्ट्रपति भण्डारीले पनि ओलीको निर्णयमा लाहाछापा लगाउँदै तत्कालै संसद विघटन घोषणा गर्दै बैशाख १७ र २७ गतेका लागि मध्यावधि चुनाव सिफारिस गरेकी थिइन् । त्यसयता राष्ट्रपतिमाथि समेत पनि चर्को आलोचना भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । ओलीले बिहीबार साँझ शीतल निवास नै पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । दुवैबीच शीतल निवासमा एक घण्टा भन्दा बढी समय कुराकानी भएको बताइएको छ । गत मंगलबार सर्वोच्चले संसद पुनःस्थापनासँगै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको थियो ।यो आदेशको तेस्रो दिनमात्र शीतल निवास पुगेका ओलीले छिट्टै नै संसद बैठक बोलाउने बारेमा छलफल गरेको बुझिएको छ ।बुधबार नै ओलीले अदालतको आदेशअनुसार गर्ने बताएका थिए । नेकपाको अर्को समूहले भने ओलीलाई राजीनामा दिन सुझाव दिइसकेको छ । राष्ट्रपतिले संविधानको उल्लंघन गरेको अदालतले निर्णय दिनुअघि नै नेकपाको प्रचण्ड-माधब पक्ष र अन्य दलका नेताहरुले बताउँदै आएका छन् ।संसद व्युँतिएपछि भने प्रचण्ड–नेपाल समूहले राष्ट्रपतिलाई महाअभियोग लगाउने बारेमा कुनै छलफल समेत नभएको स्पष्ट पार्दै आएका छन् ।
भण्डारी संसद विघटनको घोषणा गरेपछि खासै बाहिर निस्किएकी छैनिन् । पछिल्लो पटक उनी गत बुधबार बिहानै पशुपति मन्दिरमा पुगेकी थिइन् ।
सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर जलहरी राख्ने कार्य रोक्न भन्नुअघि नै बुधबार बिहानै गएर उनले सुनको जलहरी राख्ने काम सम्पन्न गरेर आएकी थिइन् ।
उनले बुधबारै क्षमा पूजासमेत गरेकी थिइन् । जनतासँग भने अहिलेसम्म राष्ट्रपति भण्डारीले क्षमा मागेकी छैनिन् ।

0Shares