राष्ट्रिय

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली प्रवृत्तिको एक एक हिसाबकिताब हुने:गगन थापा

0Shares

काठमाडौ,फागुन ४: संसद् विघटनविरुद्ध नेपाली कांग्रेसले आयोजना गरेको विरोध कार्यक्रमलाई चितवनमा सम्बोधन गर्दै गगन थापाले संसद् पुनर्स्थापनापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली प्रवृत्तिको एक एक हिसाबकिताब हुने चेतावनी दिएका छन् । देशलाई संविधानभित्र बसेर नभई सनकका भरमा चलाउन खोजेको नेता थापाले बताएका छन् । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकोमाथि प्रश्न उठाउँदै उनले भने, ‘प्रश्न संविधानमा नलेखेको गर्न पाइन्छ कि पाइँदैन भन्ने हो ? प्रश्न संविधानको शासन हो कि सनकको हो ? प्रश्न विधिको शासन हो कि  सेटिङको शासन भन्ने हो ?’ 
 
उनले भने, ‘चुनाव हुन्छ कि हुन्न भनेर कांग्रेस अलमलमा पर्न जरुरी छैन। पुनर्स्थापित संसद्ले देशलाई चुनावमा लैजान्छ। चुनावबाट जितेर आउने हो।’उनले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको गलत प्रवृत्तिका कारण देशमा राजनीतिक सङ्कट सिर्जना भएको बताएका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संविधानको जगमा हानेको बताउँदै नेता थापाले भने, ‘‘संसद् पुनर्स्थापनापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली प्रवृत्तिको एक एक हिसाबकिताब हुन्छ।’ त्यस्तै उनले अहिले चुनावमा जाने कुरै नआउने टिप्पणी गरेका छन् ।

0Shares