राष्ट्रिय

राष्ट्रिय सभाको बैठक बस्दै

0Shares

काठमाडौ,असार २० : राष्ट्रिय सभाको दोश्रो बर्खे अधिवेशन आज दिउँसो संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दै छ । राष्ट्रिय सभाको बैठकमा दुई वटा प्रतिवेदन पेश हुनेछन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय समावेशी आयोगको दोश्रो वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसुची रहेको छ ।
यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोश्रो वार्षिक प्रतिवेदन पनि सभा समक्ष पेश गर्ने कार्यसुची रहेको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जानकारी दिनुभयो ।

0Shares