राष्ट्रिय

रुपन्देहीका पत्रकारको पिसिआर परीक्षण गरिने

0Shares

रुपन्देहीका पत्रकारहरुको पनि पिसिआर परीक्षणको लागि स्वाब लिइने भएको छ ।

पत्रकार महासघको पहलमा क्रियाशिल पत्रकारहरुका लागि पिसिआर परीक्षणको व्यवस्था मिलाइएको हो ।

क्रियाशिल पत्रकारहरुको आबश्यकता ईच्छा र मुभमेन्टका आधारमा पिसिआर परिक्षण गर्ने कुरा भएको पत्रकार महासंघ, रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले जानकारी दिए ।

उनका अनुसार केहि दिनमा परीक्षण शुरु हुनेछ । अहिले आन्तरिक रुपमा ईच्छुक पत्रकाहरुको नाम संकलन शुरु गरिएको छ । देशका केही ठाउँहरुमा पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा कोरोनाको संक्रमण देखिएपछि महासंघले परीक्षणको लागि पहल गरेको हो ।

Source:Butwaltoday.com

0Shares