राष्ट्रिय

रुपन्देही काङ्ग्रेसले दियो स्वास्थ्यकर्मीलाई आवास

0Shares

काठमाडौ,जेठ २ : रुपन्देही को भरहवा स्थित कोरोना उपचार भीम अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई महामारीका बेला बस्नलाई भएको असुविधालाई मध्य नजर गरि बेड समेत तयार पारी आवासको रुपमा प्रयोगमा ल्याइने गरी रुपन्देही काङ्ग्रेसले आफ्नो पार्टी कायालय उपलब्ध गराउने भएको छ । काङ्ग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक​को भनाइ छ हाल २५ बेड तय गरेर बुधबारदेखि भीम अस्पताल भैरहवाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अस्थायी रुपमा आवासको लागि दिइएको छ तथा आवश्यकता अनुसार अरु बेड पनि तयार गर्न सकिने र अन्य स्वास्थ्य सस्थाले समेत प्रयोगमा ल्याउन सक्ने समेत बताइएको छ ।

नेपाली काङ्ग्रेस रुपन्देहीको पार्टी कार्यालय चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अस्थायी आवाद गृह बनाउने निर्णय रुपन्देही काङ्ग्रेस पार्टीले गरेको छ ।

0Shares