पुंजीबजार

रुरु जलविद्युतको सेयर कारोबार दोस्रो बजारमा शुरु

0Shares

काठमाडौ,वैशाख २० : वैशाख ३ गते आईपीओ बाँडफाँड गरेको रुरु जलविद्युत परियोजना कम्पनीले आज बाट दोस्रो बजारमा कारोबार शुरु गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पहिलो कारोबारका लागि यो कम्पनीको सेयरलाई न्यूनतम रु. ११८.८४ र अधिकतम ३५६.५२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो । आज स्पेस प्रिओपन सेसनमा यो कम्पनीको सेयर ३५६ रुपैयाँमा किनबेच भएसँगै नियमित समयमा कारोबार खुलेको हो। नेप्सेले यो कम्पनीलाई ‘आरयूआरयू’ कारोबार संकेत प्रदान गरेको छ ।

यो कम्पनीको साधारण सेयर (नेप्से) मा हिजो आइतबार सूचीकरण भएको थियो । यो कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको ४ लाख ७ हजार ७०६ कित्ता, आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको ४ लाख ७ हजार ७०५ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३२ लाख ६१ हजार ६४४ कित्ता गरी कुल ४० लाख ७७ हजार ५५ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो।

0Shares