राष्ट्रिय

रेशमलाल चौधरी रिहा

0Shares

काठमाडौ,चैत १९: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको निजी सचिवालयबाट बिहीबार बिहान अचानक डिल्लीबजार कारागारका जेलर वसन्त पुरीलाई खबर गयो, ‘मन्त्रीज्यू, कारागारमा आउँदै हुनुहुन्छ, समय मिलाउनु होला ।’ जेलर पुरी आफ्नै कार्यकक्षमा थिए ।मन्त्रीलाई स्वागत गर्दै जेलर पुरीले सिधै आफ्नो कार्यकक्षमा लगे। केहीबेरमै कैलाली–१ का निलम्बित सांसद रेशमलाल चौधरी जेलरको कार्यकक्षमा आए । मन्त्री भट्टले जेलरसँगै बसेर चौधरीसँग करिब २० मिनेटजति कुराकानी गरे।उनले हतारहतार कर्मचारीलाई बोलाएर कार्यकक्षका टेबल/सोफा मिलाउन निर्देशन दिए । त्यसको केहीबेरमा करिब सवा ८ बजेतिर सुरक्षाकर्मीको दलबलसहित मन्त्री भट्ट कारागार प्रवेश गरे।

0Shares