राष्ट्रिय

रोल्पामा चट्याङ लागेर २ जनाको मृत्यु

0Shares

रोल्पामा चट्याङ लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा लुंग्री गाउँपालिका-२ सीर्पका ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबाहदुर पुन रहेका छन् ।

बिहान करिब ८:३० बजेको समयमा विकको घर नजिकै रहेको रुखमा परेको चट्याङ लागेर दुवै जनाको घटना स्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए । विक र पुन दुवै छिमेकी हुन् ।प्रहरीका अनुसार चट्याङ लागेर विकको बाख्राको एउटा पाठो समेत मरेको छ ।

source: onlinekhabar.com

0Shares