Uncategorizedब्लग /साहित्य

लकडाउन र एस ई ई परीक्षा

0Shares

लेखक :हार्दिका पन्थी

विश्वको इतिहासमा अनेकौं कालखण्डमा अनेक थरीका महामारीका कारण अपुरणिय मानवीय क्षति,मानव जातिले बेहोर्दै आएको कुरा हामि माझ सर्वविदितै छ | यसै क्रममा सन् २०१९ को अन्त्यतिर चिनको हुवान शहरबाट सुरु भएको कोभिड-१९ अर्थात् कोरोना भाइरस नामक महामारीले विश्वव्यापी रुपमा फेरी एक पटक मानव जातिलाइ आक्रान्त् तुल्याएको छ | यस महामारीले विश्वलाई आतंकित पारी रहेको परिपेक्षमा नेपाल पनि यो महामारी बाट अछुतो रहन सकेको छैन| यस महामारीलाई नियन्त्रण गर्न नेपाल सरकारले चैत ११गते बाट बन्दाबन्दीको घोषणा गरेको थियो | यसै बन्दाबन्दीको घोषणा संगै स्कुल क्याम्पसका पठनपाठनका साथै विभिन्न स्तरका परिक्षाका कार्यक्रमहरु स्थगित हुन पुगेका छन्|

परीक्षा स्थगित हुने क्रममा चैत ६ बाट सञ्चालन हुन लागेको एस ई ई परीक्षा पनि प्रभावित हुँदा म लगायत म जस्तै परीक्षाको तयारी गरी बसेका सबैलाई मुखमा पुगिसकेको आहार,खोसिएजस्तै अनुभव भएको थियो | यसरी परीक्षा दिने भनेर तयारी गरेर सकिसक्दा ,परीक्षा स्थगित भएका कारण हामी विधार्थीहरुलाई नकारात्मक असर पर्नु स्वाभाविक नै हो | हामिलाइ बन्दाबन्दीमा बसेर पढ्ने मौका भन्दा पनि शिक्षक शिक्षिकले विध्यालयमा सिकाएका ज्ञानगुणका कुराहरू बिर्सने ठूलो डर रहयो | आज बन्दाबन्दिको ३ महिना वितिसक्दा पनि परीक्षा नभई विकल्पको रुपमा विध्यालयको आन्तरिक मुल्यांकनको अभिलेखको आधार बाट परिक्षा नियनत्रण कार्यालयले प्रमाणपत्र दिने सरकारी निर्णयबाट म र मजस्तै विद्धार्थीको तनाब त हटेर गएको छ |

एस ई ई परीक्षा पश्चात् सबैले आ-आफ्नो गन्तव्य चुम्न एक पाईला अधि सरेका हुन्छन् र धेरै सपनाहरू बोकेका हुन्छ्न,परीक्षा पश्चात् नतिजा नआउन्जेल हामी विधार्थीहरुले आफ्नो रुचि अनुसारको विषयमा प्रवेश गरि धेरै सिक्ने मौका पाउथ्यौ तर आज कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिएका कारण तीन,तीन महिना सम्म घरमै बस्नु पर्दा हाम्रा धेरै कुरा छुटेका छ्न | एस ई ई परीक्षा पश्चात् ,एउटा नयाँ मोड आउँछ,जस्ले आफ्नो उज्ज्वल भविष्यको बाटो तर्फ मोडिदिन्छ, जिवनको यात्रामा अपाउनुपर्ने कुराहरु पनि हामी सिक्न सकेनौ | भनिन्छ नि,समयले कसैलाइ पर्खिदैन,समय निरन्तर बग्ने खोला झै बगिरहेको छ र हाम्रो यो अनमोल समय व्यर्थ गयो|

एस ई ई दिने देशभरका झण्डै चार लाख ८२ हजार परीक्षार्थीले सहभागिता जनाउँदै थिए ।विद्धार्थिले परीक्षा नदिई उपल्लो कक्षाको पठन पाठन गर्न पाउने भएतापनि अब्बल विद्धार्थीहरुलाई यसले कताकता खिन्न बनाएकोछ|आफुसंग भएको प्रतिभा उजागर गर्न नपाउनुले सधै पिरोली रहनेछ भने अन्तिम परीक्षाको तैयारीमा विध्यालयको मुल्यांकन भन्दा उच्च नतिजा हासिल् गर्न सक्ने सम्भावना पनि रहेको हुन्छ|त्यो अवसरबाट पक्कैपनि विद्धार्थी बन्चित भएकाछन | सबैभन्दा महत्वपूर्ण त हाम्रो जीवनभरी परीक्षा नदिइ उत्तीर्ण हुने समुहको परिचय पाउनु रहने नै भयो |विध्यालय तहको अन्तिम तह कक्षा १२ भएकाले,आगामी वर्ष देखि कक्षा १२ को अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्ड ले र कक्षा १० को परिक्षा विध्यालयलाई नै जिम्मा दिएर नतिजा प्रकाशन गर्ने परिपाटीको विकाश हुन सकोस |

लेखक : अन्नपूर्ण सेकेण्डरी स्कूल ,गोलपार्क ,बुटवल ,रूपन्देहीमा अध्ययनरत छात्रा हुन् |

0Shares

One thought on “लकडाउन र एस ई ई परीक्षा

  • ग्याप्स अनलाइन मिडिया

    समय सान्धर्विक

Comments are closed.