लगानीकर्ता निरास बन्दै
काठमाडौ,फागुन १६: साताको पहिलो दिन पनी नेप्से परिसूचकमा करेक्सन भएको छ। गत साता पनी नेप्से परिसूचकमा करेक्सन भएको थियो। अघिल्लो सातासम्म बढीरहेको नेप्से गत साताको कारोबार दिन घटेको थियो। नेप्से साताको पहीलो दीन नै ७९.७४ अंक अर्थात ३.१२ प्रतिशत घटेर २४७४.३९ विन्दुमा झरेको छ। यस अनुसार साताको पहीलो दिन नेप्से ओरालो लागेको देखिन्छ। यसले बजारमा लगानीकर्ता मोमेन्टम कमजोर हुँदै गएको संकेत गर्दछ।
गत साता नेप्सेले रातो मारुबोजु मैनबत्ती बनाएको छ। साताको पहिलो कारोबार दिन पनि नेप्सेमा रातो मारुबोजु मैनबत्ती नै बनेको थियो। यसले बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ। अहीले राजनैतीक अस्थीरता का कारण लगानीकर्ता डराईर्हेको बुज्न सकीन्छ। ग्याप्स मिडीया सँग करा गर्दै सेयर बिद तारा प्रसाद फुल्लेल भन्नुहुन्छ ‘बिना कारण अस्वाभाविक रूपमा उतार चढाव देखिन्छ भने बुझ्नुस कसैको पक्षपोषण मात्रै गरेको हुन्छ, सर्वहिताय हुनै सक्दैन त्यसैले धैर्यता आवश्यक हुन्छ‘ यसकारण लगानीकर्ता लाई हतार नगरी आफ़ुसग्ग भएको स्टक लाई होल्ड गर्नु पर्ने जानकारी दीनुभयो।