पुंजीबजार

लघुवित्त र हाइड्रोपावर को पहीलो पटक शेयर खरिदबिक्री सुरु

0Shares

काठमाडौ,चैत ३: मंगलबार पहिलोपटक महीला लघुवित्त र ग्रिनलाइफ हाइड्रोपावर को पहीलो पटक शेयर खरिदबिक्री भएको हो।सोमबार लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको शेयर सहित १० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।नेप्सेले लघुवित्तको शेयरलाई ३१३ रुपैयाँ १६ पैसा देखि ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज दिएको थियो। सोहि रेञ्जमा रहेर मंगलबार लघुवित्तको पहिलो कारोबार भएको हो।दोस्रो बजारमा शेयर कारोबारको लागि कम्पनीले एमएलबीएसएस कारोबार संकेत पाएको छ। सोहि संकेतमा मंगलबार कम्पनीको पहिलो कारोबार भएको हो।त्यसैगरी पहिलोपटक ग्रिनलाइफ हाइड्रोपावर को कम्पनीको प्रतिकित्ता २९९ रुपैयाँमा १० कित्ता शेयर खरिदबिक्री भएको हो।सोमबार कम्पनीको १ करोड ८० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ९९ रुपैयाँ ६७ पैसा देखि २९९ रुपैयाँ ०१ पैसा ओपनिङ्ग रेन्ज तोकेको थियो। सोहि रेञ्जमा रहेर मंगलबार कम्पनीको पहिलो शेयर कारोबार भएको हो।दोस्रो बजारमा कारोबारको लागि कम्पनीले जीएलएच कारोबार संकेत पाएको छ। सोहि संकेतमा कम्पनीको पहिलो कारोबार भएको हो।

0Shares