राष्ट्रिय

ललितपुरमा आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

0Shares

काठमाडौ,जेठ ६ : कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुर जिल्लामा आजबाट लगाउन सुरु गरिने भएको छ । खोप ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाका पायक पर्ने वडामा खोप लगाउँन सकिने स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । आज देखी लगाउन शुर गरीएको खोप जेठ १३ गतेसम्म लगाइने अभियान सञ्चालन गरिने सूचनामा उल्लेख गरिएको छ । खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाउन पाइने छ। खोप लगाउन जादा पहिलो चोटी खोप लगाएको कार्ड अनिवार्य बोक्नुपर्नेछ ।

0Shares