राष्ट्रिय

ललितपुर महानगरपालिकामा निःशुल्क मास्क वितरण थालियो

0Shares

काठमाडौ,वैशाख ९ : कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि सरकारले मास्क बिना घरबाहिर ननिस्कन आग्रह गरेको छ। ललितपुर महानगरपालिका क्षेत्रमा निःशुल्क मास्क वितरण गर्न थालिएको छ। बुधबारदेखि सार्वजनिक स्थान र सार्वजनिक सवारीमा चढ्दा मास्क नलगाउनेलाई मास्क वितरण गर्न थालिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए। मेयर चिरिबाबु महर्जनको निर्देशनमा महानगरले खरिद गरेको मास्क नगर प्रहरीले बाँडेको हो।

सार्वजनिक सवारीमा यात्रा गर्नेलाई ललितपुर नगर प्रहरीले मास्क लगाउने तरिका समेत सिकाउन थालेको छ। मास्क नभएका यात्रुलाई मास्क वितरण गरेका छौं’ नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने–‘कोरोनाबाट जोगिन सुरक्षीत तरिकाले मास्क लगाउने तरिकाबारे पनि हामिले जानकारी दिएका छौं। पसल संचालक र ग्राहकलाई अनिवार्य मास्क प्रयोग गर्न नगर प्रहरीले माइकिङ गरेको छ। मास्क वितरण र सचेतना अभियान महामारी कम नभएसम्म जारी रहने ललितपुर महानगरपालिकाले जनाएको छ ।

0Shares